चितवन  । धर्म फरक, रिति फरक, रिवाज फरक, संस्कृति फरक, अवस्था फरक र सबैभन्दा ठुलो समस्या भाषा फरक १ भाषा नै यस्तो कुरा हो जसले एक अर्कालाई परिचित गराउन सक्छ वा चिनाउन सक्छ ।
यही भाषा बिचको अन्तरले एकजना दिदीलाई ११ बर्षदेखी परिवारबाट टाढा गरायो र सम्पर्क हुन सक्ने ठाउँमा पनि धेरै टाढाको बनाएर राख्यो । उनको नाम हो गीता मानव १ उनि मुस्लिम बाहुल्यता भएको देशकी नागरिक हुन्, हिन्दु नाम कसरी रहन गयो रु आश्चर्य लाग्न सक्छ ।
हिन्दु संस्कार र रीतिरिवाजको बाहुल्यता रहेको देश भएकाले हामिले यति धेरै सोच्न सकेको छैनौं होला तर जसले सोच्यो हामिलाई नै आश्चर्यमा पार्यो ।
ति दिदी जसको घरमा ५ जना सन्तान र श्रीमान् छन् तर ५ बर्षदेखी सहयोगापेक्षी अवस्थामा विभिन्न ठाउँहरुमा एक छाक खाना, एक सरो नाना र ओत लाग्ने छानाको अभावमा विभिन्न ठाउँमा भौतारिंदा भौतारिंदै मानवसेवा आश्रमको संरक्षणमा आइपुगिन् । अहिले मानवसेवा आश्रमको सम्पति बनेकी छन्, गौरव बनेकी छन् अनि इतिहासको साक्षी पनि जसले बिगत ५ बर्षदेखी आश्रमको गरिमा बढाईरहेकी छन् ।
कसरी आइपुगिन् मानवसेवा आश्रममा :
मानवसेवा आश्रम स्थापना कै समय देखी सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित भएकोले स्थापनाको समय देखी नै सडकमानवको महत्व, सार्वजनिक स्थानमा कष्टकर जीवनयापन गर्ने मानवमुक्त स्थान निर्माण गर्न र सडक मानवहरुको मानवोचित व्यवस्थापनमा सक्रिय हुँदै आइरहेको छ । देशलाई सडक मानवमुक्त निर्माण गर्ने कल्पना सानो होइन तर यी यस्तै गीता दिदी जस्ता मानिसलाई उद्धार, उपचार गरेर परिवारसम्म पुर्याउने उद्धेश्यका साथ सडकको अवस्था बुझ्न जाँदा चितवनमा उहाँलाई भेट्यौं ।
उहाँलाई उद्धार गर्न मानवसेवा आश्रमका केन्द्रीय महासचिव शुशिला केसीज्यू र साथमा जिल्ला प्रशासन कार्यालयको टिम पुगेको थियो । ूउहाँको हात पुरै कुहिएर औंला झर्ने लागेको थियो । हातबाट पिप बगिरहेको थियो भने गन्हाएर नजिक जान सक्ने अवस्था थिएन ।ू शुशिला केसी स्मरण गर्नुहुन्छ ।
भरतपुरबाट काठमाण्डौ जाने बाटोमा रामनगरमा वि।स २०७२ साल बैशाख २५ गते उद्धार गर्दाको स्मरण गर्दै केसी थप्नुहुन्छ, ूनजिक जान नसक्ने अवस्थाका बाबजुत उद्धार गरेर भरतपुर अस्पतालमा लगेर उपचारपछी बल्ल आश्रममा लैजाने कार्य सम्पन्न भयो ।ू त्यसपछि उहाँ अहिलेसम्म आश्रममा नै हुनुहुन्छ ।
वास्तविक परिचय :
केही कुराहरु माथि पनि जानकारी गराईसकेको छु । नाम गीता मानव तर धर्म मुस्लिम, अचम्म १ यी एघार बर्षदेखी घरबार बिहीन बनेकी महिलाको नाम गीता मानव मानवसेवा आश्रमले उद्धारको समयमा राखिदिएको नाम हो । उनको बास्तविक नाम ममेना बेगम ९मिनी० रहेछ । परिवारमा श्रीमान् अब्दुल कुद्दौस (तारा), बुबा अजिजर रहमान, आमा आयेशा छन् भने ५ सन्तान मध्ये ३ छोरा र २ छोरी रहेछन् । घर चाहिं गैबन्ध जिल्ला, पलाश्बरी थाना रहेछ ।
यसरी सम्भव भयो परिवारको खोजि :
केही दिन अगाडी उहाँ बंगालादेशी भाषा बोलेको भन्ने अनुमानका आधारमा नेपालका लागि बंगलादेशको राजदूतावासमा सम्पर्क गरेर भिडियो कल मार्फत सम्पर्क गरायौं । तर त्यसले सम्भव नभएपछि शुक्रबार बिहान दूताबासबाट मानवसेवा आश्रम चितवन शाखामा नै मोहम्मद मसुद आलम आउनुभयो जो दूताबासमा कार्यरत एक काउन्सिलर समेत हुनुहुँदो रहेछ । उहाँसँग गरिएको कुराकानीको आधारमा कुरा गर्दागर्दै उहाँको परिवार नै सम्पर्कमा आउनुभयो ।
उहाँसँगै आश्रममा आश्रित अन्य बंगलादेशी नागरिकको पनि पहिचान भईरहेको छ ।

 

Facebook Comments Box