चितवन । अर्जुन बस्ताकोटी पूर्वी चितवनका उदयमान युवा व्यवसायी हुन । सञ्चार क्षेत्रमा उदयमान ताराको रुपमा अगाडि बढिरहेका बस्ताकोटीलाई उद्योगी व्यवसायीको समस्याको विषयमा नजिकबाट जानकार छन । मुलुकको परिस्थिति खल्बलिएर उद्योग व्यवसायमा असर परेको उनलाई पटक्कै मन गर्दैन ।

व्यवसायिक सुरक्षा,एकता र विकासको लागि हरपल सोचिरहने व्यवसायी बस्ताकोटी रत्ननगर उद्योग बाणिन्य संघको आसन्न निर्वाचनमा बाणिज्य तर्फको सदस्यमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन । उनी व्यवसायीहरु रुचाएर युवा व्यवसायी हुन । बस्ताकोटी स्टोर,अंक्षाश निर्माण सेवा,तपोवन एकीकृत कृषि र्फमका सञ्चालक समेत रहेका उनले सञ्चालन क्षेत्रमा पनि हात हालेका छन ।

खबर तरङ्ग डट कम र गामबेशी मिडिया हाउस सञ्चालनमा ल्याएर बस्ताकोटीले जनतालाई सुसुचित गर्ने र व्यवसायीका समस्या राज्यलाई सुनाउने कामको थालनी गरेका छन । उद्योगी,व्यवसायीको समस्या प्रति म परिचित छु बस्ताकोटीले भने उद्योग र व्यवसाय बन्द गर्ने अबस्था कुनै पनि हालतमा आउन दिनेछैन । बस्ताकोटीले विद्युत सम्बन्धी पनि काम जानेका छन ।

उद्योग व्यवसाय तथा जनताको घरमा विद्युत सप्लाईमा समस्या आयो भने उनी घरमै पुगेर समस्याको सामधान गर्छन । उद्योगी,व्यवसायी र जनतालाई परेको समस्या तत्कालै निराकरण गरिदिने भएका कारण उनी सबैको माझमा लोकप्रिय छन । उद्योगी र व्यवसायीको हितका लागि काम गर्न मैले संघको निर्वाचनमा उम्मेदवारी दिएको हु उनले भने सबैले मलाई अत्याधिक मत दिएर विजयी गराउनु हुने छ ।

Facebook Comments Box