चितवन  । बुढिराप्ती मध्यवर्ती उपभोक्ता समितिमा नेकपाले सानदार जित हासिल गरेको छ । सो उपभोक्ता समितिको अध्यक्षमा नेकपाका नेता तथा संरक्षणकर्मी हिराबहादुर गुरुङ निर्वाचित भएका छन । सो मध्यवर्ती उपभोक्ता समितिको ९ वटा इकाइ मध्ये ७ वटा इकाइमा नेकपाले जित हासिल गरेको हो ।

उक्त समुहबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा नेकपाका प्रेमबहादुर केसी,सचिवमा नेकपाका इश्वरी पाठक,कोषाध्यक्षमा नेकपाकै धनबहादुर दराई र सदस्यमा नेकपाबाट धनबहादुर थापामगर,ताजित महतो,बैद्यनाथ चौधरी र नेपाली काँग्रेसबाट सदस्यमा सुर्यबहादुर बोगटी र नारायणदत्त तिमिल्सिना निर्वाचित भएका छन ।

 

Facebook Comments Box