अजित अधिकारी
चितवन । माडीमा दिनप्रतिदिन सवारी दुर्घटना बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय माडी र आशिष कन्टक्सन प्रालीको समन्वयमा माडी ठोरी हुलाकी सडक रुटमा ट्राफिक संकेतको रुपमा सडकको दायाँबायाँ पहेँलो कलरको लेन् लाइनिङ्ग र बिचमा सेतो कलरको लेन् लाइनिङ्ग कोरिएको छ ।

यसैगरी दुर्घटना ग्रस्त क्षेत्र, र घुम्ती मोडहरुमा ट्राफिक सन्देश सम्बन्धि सचेतना होडिङ्ग बोडहरु राखिने समेत ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए । साथै उनले, सडकको विभिन्न स्थानहरुमा दायाँबायाँ सडक क्रस गर्नको लागि पैदलयात्रीहरुलाई सहज हुने किसिमले सडकमा जेब्रा क्रसिङ्ग समेत निर्माण गर्ने काम हुन लागेको प्रहरी प्रमुख पौडेलको भनाइ छ । सडकमा दायाँबायाँ लेन् लाइनिङ्ग संकेत राख्ने काम देबेन्द्रपुरबाट सुरु गरिएको छ । सो काम सुचारु भएसंगै स्थानीयबासीहरु खुशी देखिएका छन ।

Facebook Comments Box