अजित अधिकारी
चितवन । माडीमा दिनप्रतिदिन सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले आजदेखि कडा निगरानी थालेको छ । सडक स्तरोन्नति भएसंगै बढ्दो सवारी दुर्घटना बढ्न थालेपछि उच्च सतर्कता अभियान सुचारु गर्न लागिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए । उनले, लापरबाही पुर्बक सवारी चालक अनुमतिपत्र बिना सवारी साधन चलाउने र मादक पदार्थ सेवन गरी तीब्र गतिमा सवारी चलाउने, चालक र सवारीसाधन नियन्त्रणमा लिइएको समेत बताए ।

यसैगरी अहिले बोलेरो, ट्याक्टर र अटो चलाउने चालकहरुमा लापरबाही देखिएको हुँदा, पहिलो चरणमा यस्ता खालका सवारीसाधनहरु चेकजाँच गरी कारबाही प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । आज मात्रै १२ वटा ट्याक्टर ४ वटा अटो र एउटा गाडीलाई कारबाहीको दायरामा लिएको छ । यसैगरी ध्वनि प्रदुषण गर्ने चर्को आवाजमा साउण्ड बजाएर ट्याक्टर तथा अटो चलाउने ४ ओटा सवारीसाधनको साउण्ड बक्स समेत झिकिएको पौडेलले बताए । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सडकमा ट्राफिक संकेत राख्ने तथा नवनिर्मित बाटोमा लेन् लाइनिङ गर्ने काम छिटै सुचारु गरिने प्रहरी प्रमुख पौडेलको भनाइ छ ।

Facebook Comments Box