अजित अधिकारी
 चितवन । माडीमा हुने सामाजिक बिकृती र बिसङ्गगतिका विरुद्ध आँफू निरन्तर सशक्त भएर लाग्ने ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले चितवन अनलाईन खबरसंग बताएका छन । पछिल्लो समय माडीमा दिनप्रतिदिन दुर्घटनाका घटनाहरु घटिरहेको हुँदा अब तत्काल यस विषयकमा निकासको बाताबरण सिर्जनागरी दुर्घटना मुक्त समुन्नत समाजको निर्माण गर्नुपर्नेमा जोड दिए । उनले महिला हिंसा, घरेलु हिंसा, बाल बिबाह, बाल शोषण जस्ता अनैतिक गतिविधिहरु समाजमा बढिरहेको हुँदा, यसले समाजलाई अधोगति तर्फ लैजाने भएकाले तत्काल यसको नियन्त्रण गर्नुपर्ने तर्क गरे ।

यसको लागि स्थानीय सरकारसंग पनि छलफल र बहस भइरहेको बताए । अहिले खासगरी हुने चोरी पैठारी जस्ता अनैतिक कार्यहरूको समेत निगरानी गर्ने र घरेलु मदिरामा देखिका समस्याहरुलाई समाधानको पाटोमा लैजानुपर्ने अहिलेको अपरिहार्य आबश्यकता रहेकोमा जिकिर गरे । उनले, गत बर्ष अगाडि मात्र प्रहरी प्रशासन र नगरपालिकाका प्रतिनिधिहरुसंग मदिरा उत्पादन गर्ने ब्यक्ति तथा परिवारले म मदिरा उत्पादन गर्दिन । भनेर मदिरा उत्पादन गर्ने भाँडाकुँडा सहित नगरपालिकाको कार्यालयमा योजना सहित गएमा ५० हजार रुपैयाँ अनुदान दिने र जसबाट व्यावसायिक खेती तथा ब्यापार ब्यबसाय गर्नमा समेत सघाउ पुग्ने बताए ।

यसले खासगरी ब्यक्ति स्वयममा रोजगारी भन्दा पनि स्वरोजगार हुनको लागि उत्प्रेरित गर्नेमा जोड दिए । यसैगरी खानेकुराहरुको बिक्री बितरणमा अहिले देखिएको बिकृती र समयसीमा सकिएका कच्चा पदार्थहरुको अनुगमन कसरी भइरहेको छ रु भन्ने प्रश्नमा माडीका प्रहरी प्रमुख पौडेलले अहिले यो बारेमा उधोग बाणिज्य संग माडी र हामी सबै मिलेर अनुगमन गरिरहेका छौ । अनुगमनका क्रममा कुनै त्रुटिहरु फेला परेमा हामी तत्काल कारबाही गर्ने छौ । र अहिलेसम्म अनुगमनका क्रममा फेला परेका खाद्य पदार्थ सिल गरिएको र समयसीमा नाघेका खाद्यपदार्थहरुको बिक्री बितरण नगर्न र यदि भएको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरे । यसैगरी समाजमा हुने हो हल्ला, ज्यादतीका घटना, जुवातास, चोरीडकैती, बलात्कार, चेलीबेटी बेचबिखन, लागुपदार्थ दुर्ब्यसनी, छुवाछूत जस्ता अमानबिय क्रियाकलापहरु समाजमा रहने हुँदा तत्काल यसको नियन्त्रणमा लाग्न सबैमा आग्रह गरे । माडी भारतीय सीमा क्षेत्र नजिक रहेकाले पनि तत्काल यस्ता गतिविधिहरुको निगरानी गर्नुपर्ने बताए । उनले, सामाजिक बिकृती बिसङ्गगती रहित सभ्य समाजको निर्माण गर्न युवाहरुको महत्वपूर्ण भुमिका रहने हुँदा, युबा बर्गहरुलाई कुलतबाट जोगाउनु पर्नेमा जोड दिए ।

अभिभावकहरुले आफ्ना सन्ततिहरुको बारेमा बुझेर काम गर्नुपर्ने बताए । छोराछोरीले गर्ने काम र उनिहरुको संगत के कस्तो छ । लगाएतका विषयकमा अभिभावकहरु समयमा नै चनाखो भएर लाग्नुपर्ने तर्क गरे । अनि मात्र सभ्य, शुन्दर र समुन्नत समाजको निर्माण हुन सक्ने उनको भनाइ थियो ।

 

Facebook Comments Box