चितवन । माडी नगरपालिका ९ स्थित कृष्णनगरमा रहेको कृष्णनगर माध्यमिक बिद्यालयमा खानेपानी लगाएतका विभिन्न पुर्बाधारहरुको समस्या रहेको छ । बिस। २०२१ साल फाल्गुन २ गते स्थापना भएको सो विद्यालय सुरुका दिनहरुमा १ देखि ५ कक्षा सम्म ३५ जना विद्यार्थी राखेर संचालन गरिएको थियो ।२०२८ सालको नयाँ शिक्षा लागु भएपछि १ देखि ३ कक्षा सम्म संचालन गरिएको प्रधानाध्यापक मुक्तिराम सुबेदीले जानाकारी दिए । उनी भन्छन्, यसपछि क्रमशः ४ र ५ कक्षा संचालन भयो । २०४२ सालदेखि ३०० जना बिद्यार्थीको हाराहारीमा नि।मा।बि। मा परिणत गरियो । पछि बिस्तारै २०६८ सालदेखि मा।बि। संचालन गर्दै आएको जानकारी दिए । अहिले ८५ जना चेपाङ्ग बालबालिका गरि ३६० जना विद्यार्थी रहेको बताए । यसैगरी उनले, मा।बि। दरबन्दी नरहेको र २ जना मात्र मा।बि। शिक्षक रहेको बताए । अहिले विद्यालयमा खासगरी उनका अनुसार, कक्षा कोठाको समस्या, भबन चुहिने समस्या, विद्यालयमा मा।बि। दरबन्दीका शिक्षकहरु नभएको अबस्था, विषयगत शिक्षकको अभाव, चेपाङ्ग विद्यार्थीहरुको संख्या अत्याधिक भएको हुँदा उनीहरुलाई पोशाक, शैक्षिक सामग्री, खाद्यान्न लगाएतका पुर्बाधारहरुको समस्या, र लेखा कर्मचारी र सहयोगी कार्यकर्ताहरुको लागि राज्यले उचित पारिश्रमिक दिन नसक्नु लगाएतका समस्याहरु रहेको प्रधानाध्यापक सुबेदीको भनाइ छ ।

उता विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नारदमणि पौडेलले खानेपानी लगाएतका भौतिक पुर्बाधारहरुको समस्यामा आँफु सकारात्मक रहेको र यस विषयकमा आवाज उठाएको बताए । अध्यक्ष पौडेलले, चेपाङ्ग बालबालिकाहरुको लागि विद्यालयले राम्रो काम गर्दै आइरहेको र उनीहरुको समस्यालाई पूरा गर्न बिद्यालय ब्यबस्थापन समिति लागिरहेको बताए । यसैगरी बालबालिकाहरुलाई घरमा अभिभावकहरुले पढ्ने बाताबरणको ब्यबस्था गर्न र समयमा नै आफ्ना सन्ततिहरुलाई बिद्यालय पठाउन आग्रह गरे ।

लेखक : अजित अधिकारी
                  पत्रकार

Facebook Comments Box