चितवन । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको चितवनको कालिका नगरपालिकामा नगर समिति गठन भएको छ । कालिका नगरपालिकाको अध्यक्षमा सागर श्रेष्ठ चयन भएका छन ।

संगठनको उपाध्यक्ष प्रविन श्रेष्ठ र सचिवमा प्रब्ल पाख्रीन रहेको ११ सदस्य नगर समिति गठन भएको हो ।

समिति गठन भेलामा नेकपा परित्याग गरि ८० जाना र नेपाली काँग्रेस परित्याग गरि ६० जना पार्टी प्रवेश गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन चितवनका अध्यक्ष सरोज घिमिरेले वताए । कार्यक्रम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Facebook Comments Box