मधुमेह दिवसको अवरमा लायन्सद्धरा आँखा शिविर

रत्ननगर । आज विश्व मधुमेह दिवसको अवसरमा चितवनको रत्ननगर नगरपालिका बछौलीमा आँखा शिविर सम्पन्न भएको छ ।

मधुमेहले आँखामा असर गर्ने भएको कारण विश्व मधुमेह दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरेको लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष लायन अन्जान कुमार पाण्डेले जानकारी दिनु भएको छ । आँखा परिक्षण शिविरमा ४० जना व्यक्तीले सेवा लिएको पाण्डेले वताए ।

कार्यक्रममा 1S+VDG लायन्स राम प्रसाद भट्ट रहनु भएको थियो । भने कार्यक्रममा डिस्ट्रक कोडिनेटर चिफ, नायक दिपेन्द्र प्रसाद खतिवडा, डिस्ट्रक कोडिनेटर लायन योगेन्द्र नाथ अधिकारी, एरिया चिफ लायन प्रभाकर पण्डीत,चितवन कम्युनिटी हेल्थ का अध्यक्ष लायन दिपेन्द्र खरेल ,सामुदायिक सहयोग केन्द्रका सचिव विजया खतिवडा लायागतको उपस्थित रहेको थियो ।

कार्यक्रम लायन्स क्लव अफ चितवन कम्यूनिटी हेल्थ, लायन्स क्लव अफ चितवन सौराहा, लायन्स क्लव अफ नारायणी मिड टाउन, समुदायिक सहयोग केन्द्र , नेपाल नेत्र ज्योति संघ, भरतपुर अस्पताल र लियो क्लव अफ चितवन सौराहाको संयूक्त आयोजनामा कार्यक्रम भएको थियो ।

 

Facebook Comments Box