चितवन । माडी भौगोलिक रूपमा मात्र नभई प्राकृतिक सम्पदाहरुले समेत अति शुन्दर छ । यहाँका खोलाहरु दक्षिण दिशातिर बाट उत्तर दिशातिर बहेका छन । विशाल नदिको रूपमा रिउ अर्थात् रेवा नदि रहेको छ । यहाँका अधिकांश खोलाहरुमा शालिग्राम र पत्रपत्र परेका शुन्दर आकृतिका शिलाहरु पाउन सकिन्छ । यसैगरी प्रशस्त रूपमा चुन ढुङ्गा, कोइला र सुन पाउन सकिन्छ । माडीलाई चारैतिर शुन्दर हरियाली बन जङ्गलले घेरिएको छ । दक्षिणतिर विशाल पहाडको रूपमा सोमेश्वर पर्दछ । जहाँ नेपाल भारतको सिमा स्तम्भ रहेको छ । मुर्ती नै मुर्तीको फुलबारीको रूपमा यस क्षेत्र परिचित छ । यहाँ विभिन्न आकारका मुर्तीहरु निर्माण गरिएको छ । यसैगरी शुन्दर पार्क र नेपालको चन्द्र सुर्य अङ्कित राष्ट्रिय झण्डा जुन एउटा विशाल ढुङ्गामा कुदिएको छ ।

सो तस्बिरमा हातलाई मुठी पारी हामी नेपाली एक हौं । भन्ने देश भक्ति भावनालाई चरितार्थ गरिएको छ । प्राचिन कालमा यहाँ तिर्खा लाग्दा पानीको हाहाकार हुँदा ऋषि मुनिहरुले निर्माण गरेको सानो कुवा समेत रहेको छ । सो कुवा नजिकै ढुङ्गामा हात्तीको तस्बिर कुदिएको छ । यस क्षेत्रमा प्राचीन कालमा वाल्मीकि ऋषिले तपस्या गरि ज्ञान लिएको तपोभुमीको रूपमा समेत सोमेश्वर गढीलाई लिइन्छ । साथै यस क्षेत्रमा ज्ञान प्राप्त गर्न सकिने नेपालका विद्वान ब्यक्तित्वहरुको भनाई छ । यसैगरी पाँच पाण्डबहरु बसोबास गरेको ठाँउलाई गोदक धामको रुपमा लिइन्छ । शुन्दर झरनाको रुपमा बैकुण्ठ ताल रहेको छ ।

प्राचीन समयमा बिष्णु भगवानले तपस्या गरेको तपोभुमीको रूपमा यस क्षेत्रलाई लिइन्छ । विभिन्न पर्बत शृङ्खलाहरुले समेत माडी परिचित छ । यहाँका अधिकांश मानिसहरु कृषि पेशामा निर्भर रहेका छन । यहाँको उर्बर भुमीका कारण माडीलाई कृषि प्रधान क्षेत्रको रुपमा समेत लिइन्छ । यहाँ प्रशस्त मात्रामा धान, गहुँ, मकै, कोदो, फापर लगाएतका अन्न बालीहरु उत्पादन गरिन्छ । यसैगरी तरकारी बालीहरुमा आलु, पिडालु, तरुल, लौका, घिरौंला, सिमि, काँक्रा, चिचिन्यो, प्याज, लसुन, अदुवा, बेसार, करेला लगाएतका तरकारी बालीहरु लगाइन्छ । यसैगरी तेलहन बालीहरुको रूपमा तोरी, सर्सिउ, भटमास, आलस, लगाएतका बालीहरु लगाइन्छ । भने दलहन बालीहरुको रूपमा मुसुरो, मुगु, राजमा, मास, रहर, केराउ, चना लगाएतका विभिन्न समयमा लगाइने सिजन तथा बेमौसमी बाली एबम लहरे तरकारी बालीहरु लगाइन्छ । साथै यस क्षेत्रमा विशाल माछा पालनको रूपमा गोपाल नगर रहेको छ । जहाँ थुप्रै पोखरीहरु निर्माण गरिएको छ । यसैगरी अर्को आकर्षणको रुपमा माडी नगरपालिका ३ बघौडा स्थित मगोई खोलाको किनारहुँदै छरछरे सम्म निर्माण गर्न लागिएको बृहत फलफूल खेती र माडी नगरपालिका ८ स्थित कान्तिपुरमा निर्माण गरिएको सामुहिक चक्लाबन्दी खेती, हालै निर्माणमा रहेको पाडा तथा बाख्रा पालनका लागि बनाइएको फर्म साथै पर्यटकका लागि बनाईएका रिसोर्ट एबम घरहरु निर्माणका चरणमा रहेका छन । पर्यटकहरुका लागि माडीमा विभिन्न होम स्टेहरु संचालनमा छन ।

माडीमा विभिन्न जातजातिका आ आफ्नै धार्मिक विशेषताहरु रहेका छन । सबैले आ आफ्नै मौलिक परम्परामा रहेर चाड पर्बहरु मनाउने गर्दछन । शुन्दर हरियाली दृश्य हावापानी र चराचुरुङ्गीहरुको आवाज संगै शुन्दर प्राकृतिक मनोरम दृश्यहरुले समेत सबैको मन मनमोहक गराउने गर्दछ ।  मन परेमा शेयर गरिदिनुहोला, धन्यवाद ।

लेखक :अजित अधिकारी
             पत्रकार

Facebook Comments Box