दिपेन्द्र श्रेष्ठ
चितवन । रत्ननगर नगरपालिका वडा नम्वर ५ मा रहेको टरौली संयुक्त आइसोलेसनलाई मंगलवार झुल हस्तान्तरण गरिएको छ । टरौली बचत तथा ऋण सहकारी संस्था र सेभ द साङ्ग्रिला फाउण्डेशनको आर्थिक सहयोगमा आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई झुल प्रदान गरिएको हो ।

सहकारीका अध्यक्ष वालकृष्ण चापागाई, प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठ, सेभ द साङ्ग्रिला फाउण्डेशन काठमाडौंकी सचिव विन्दु पाण्डेले रत्ननगरका मेयर नारायण वन र वडाध्यक्ष कृष्ण महतोलाई १५ वटा झुल हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेयर नारायण वनले कोरोना नियन्त्रण, रोकथाम र उपचारको लागि सबैको सहकार्य आवश्यक रहेको बताए । सहकारी नाफामुखी मात्र हुन नहुने भन्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्ने काममा पनि सहकारी अग्रसर हुनुपर्ने बताए ।

Facebook Comments Box