मेष– आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिनेछ । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । व्यापारमा फाइदा हुनेछ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ । तर साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ ।

वृष– व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा वचन दिनाले दुस्ख पाइनेछ । मेहनतले आम्दानी बढाउन सकिनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

मिथुन– आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ ।

कर्कट– आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

सिंह– आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला । बेसुरमा वचन दिने बानीले दुस्ख पाइनेछ । काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला ।

कन्या– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ। पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ ।

तुला– प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

वृश्चिक– श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला ।

धनु– नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् ।

मकर– प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

कुम्भ– हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ ।

मीन– रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।

Facebook Comments Box