रत्ननगर । रत्ननगर नगरपालिकाले नगर भित्रका मन्दिर र बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई विहीवार खाद्यान्न,स्वास्थ्य सामाग्री र औषधि वितरण गरेको छ । ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसर पारेर सो नगरपालिकाले श्रीकृष्ण प्रणामी मन्दिर टिकौली,श्रीकृष्ण प्रणामी धर्मधाम जिरौना र असहाय बृद्ध कल्याण समाजमा आश्रित ज्येष्ठ नागरिकलाई खाद्यान्न,स्वास्थ्य सामाग्री र औषधि वितरण गरिएको हो ।

महिला,वालवालिका तथा ज्येष्ठ नागरिक शाखा र ज्येष्ठ नागरिक समन्वय समितिको समन्वयमा टिकौलीमा रहेका १० जना,जिरौनामा रहेका १२ जना र बृद्धकल्याण समाजमा आश्रित १६ जना ज्येष्ठ नागरिकलाई सो सामाग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

टिकौलीमा आयोजित कार्यक्रममा उपमेयर विमला दुवाडीले मन्दिरकी अध्यक्ष महादेबी खतिवडा,जिरौनामा आयोजित कार्यक्रममा मन्दिरका पुजारी र बृद्ध कल्याण समाजमा आयोजित कार्यक्रममा समाजका सचिव गोकर्ण खनाललाई सामाग्री हस्तान्तरण गरेकी थिइन । सो अबसरमा उपमेयर दुवाडीले ज्येष्ठ नागरिक दिवसमा अन्य चेतना मुलक कार्यक्रम गर्ने वाताबरण नरहेको भन्दै मन्दिर र आश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न,स्वास्थ्य सामाग्री र औषधि प्रदान गरिएको बताइन ।

नगरपालिका ज्येष्ठ नागरिकहरुको अभिभावक रहेको भन्दै उपमेयर दुवाडीले मन्दिर र आश्रममा बसेका बुवाआमाहरुलाई खानपिन,औषधि उपचारमा समस्या परे नगरपालिकाले सहयोग गर्ने बताइन । सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती लामा,महिला विकास अधिकृत दीपा घिमिरे,सहायक महिला विकास अधिकृत रञ्जना पौडेल, ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष गोकुल दास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

Facebook Comments Box