रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १४ मा रहेको एक चाउचाउ उद्योगका कामदारहरु कोरोनामुक्त भएका छन । चितवन मेडिकल कलेजमा गरिएको दोश्रो कोरोना परीक्षण गर्दा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

स्मार्ट फूड प्रा.लिमा कार्यरत ९३ जनाको दोश्रो परीक्षण गर्दा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए । विभिन्न तीन चरणमा परीक्षण गर्दा सो उद्योगमा कार्यरत ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएका ९१ जनालाई होटल स्टार ब्यन्क्बेट निपनीमा आइसोलेसनमा राखिएको थियो । दुई जना होम आइसोलेसनमा रहेका थिए । होटलको आइसोलेसनमा बसेका सबै जना कोरोना मुक्त भएको र होम आइसोलेसनमा रहेका दुई जनाको दोश्रो कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको पौडेलले बताए ।

रत्ननगरमा अहिले सम्म १ हजार ४१४ जनाको पिसीआर परीक्षण गर्दा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको र २४८ जना निको भइसकेको स्वास्थ्य शाखा सहसंयोजक नरहरि श्याम शर्माले जानकारी दिए । संक्रिय संक्रमितको संख्या जम्मा ६० जना मात्र रहेको र प्रतिशतका आधारमा कोरोना मुक्त हुनेहरु ६० प्रतिशत बढी रहेको शर्माले बताए । रत्ननगरका मेयर नारायण वन समेत कोरोना संक्रमण मुक्त भएका छन ।

Facebook Comments Box