काठमाडौं । नेपालमा आज विहिवार थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गोतमले बिहीबारको प्रेस बिफ्रिङका क्रममा जानकारी दिनुभएको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै ९४३ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना निको भएर डिस्चार्ज भएका छन् ।

Facebook Comments Box