काठमाडौं । आज देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले वताएका छन ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि सुचना जारि गर्दै प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसमविदले यी स्थानमा भारी बर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छन ।

Facebook Comments Box