चितवन । चितवनमा वढ्दै गएको कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्ने उदेश्यले रोटरी क्लब अफ रत्ननगर र रोट्रयाक क्लब अफ रत्ननगरको संयुक्त आयोजनामा“स्वास्थ्य सामाग्री वितरण कार्यक्रम” सम्पन्न गरेको छ ।

क्लबले आज रत्ननगरको अमिलियामा रहेको असहाय वृद्ध कल्याण समाजमा आश्रितहरुलाई स्वास्थ्य सामाग्री हस्तारन्तरण गरेको रोटरी क्लब अफ रत्ननगरका सचिव रोटरियन सुरज नेपालले वताए ।

कार्यक्रमको संयोजन रोटरियन डा.निमेस खनालले गर्नुभयको थियो । भने रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष रोटरियन शिवराज उप्रेतीको सहभागिता रहेको थियो ।

Facebook Comments Box