दिपेन्द्र श्रेष्ठ
चितवन । रत्ननगर नगरपालिका वडा नम्वर ६मा रहेको बछौली माध्यमिक विधालयमा प्राविधिक शिक्षालयको लागि ७० लाखको लागतमा नया ४ कोठे भवनको शनिबार (आज) शिलान्यास गरिएको छ ।

विधालयमा आज आयोजित शिलान्यास कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, वडा न ६ का वडाध्यक्ष बलराम दाहाल र विधालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले संयुक्तरुपमा शिलान्यास गर्नु भएको छ ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर प्रमुख प्रकाश उप्रेती, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा. बाबुराम लामिछाने लगायत अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box