सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको अकालमा मृत्यु भएको छ ।

महाकुलुङ ३ का २८ वर्षीया रबिमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी आर्चायले जानकारी दिए । अनुसार आज विहान छेस्काम स्वास्थ्य चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राब नरोकिएपछि प्राथामिक स्वास्थ्य केन्द्र सोताङ ल्याउदै गर्दा पेल्माङ भन्ने स्थानमा मृत्यु भएको हो । रासस

Facebook Comments Box