काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार (आज) बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको छ । निषेधाज्ञा जारी भएको अवस्थामा विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो ।

 

Facebook Comments Box