चितवन । मेरो जन्म बिस २०५० साल आश्विन २९ गते बिहिवार बुवा गणेश अधिकारी र आमा होमकला अधिकारीको कोख बाट चितवनको माडी देबेन्द्रपुरमा भएको हो । म सानै उमेर देखि जिज्ञासु र चन्चले स्वभावको थिए । पढाईमा बढी रुचि राख्थे, स्कुलका शुक्रवारका कार्यक्रममा भाग लिन बढी म रुचाउँथे ।

विशेषगरी म नाँचगानमा भन्दा पनि सिर्जनशिल लेख रचना एबम बोल्ने कलाहरुमा अझ बढी पोख्त थिए । खासगरी मेरो घरपरिवारको चाहना पढेर सरकारी जागिर खानुपर्छ, छोरा तँ शिक्षक वा प्रहरीमा जागिर खानुपर्छ बुवा भन्नुहुन्थ्यो । तर मेरो चाहना शिक्षक र प्रहरी बन्नुपर्छ भन्ने थिएन । मलाई लागिरहन्थ्यो म पछि गएर पत्रकार बन्नुपर्छ, भन्ने मेरो मनमा भइरहन्थ्यो । पत्रकारिताको माध्यमबाट देश समाज र रास्ट्रको बिकासमा निरन्तर लागिरहने मेरो बाल्यकालदेखिको अठोट थियो । मलाई अझै पनि सम्झना छ । म सानै उमेर देखि बाट बढी रेडियो सुन्न रुचाउँथे, मेरो घरमा पहिला एउटा पुरानो रेडियो थियो । त्यसमा त्यतिबेला रेडियो नेपाल मात्र सुन्न मिल्थ्यो ।

सायद एफएम रेडियोहरु त्यति धेरै थिएन्न । मलाई मनमा लागिरहन्थ्यो यो रेडियो भित्र मानिसहरु कसरी बोलिराछन । म संगैका साथी सङ्गीहरुलाई सोध्ने गर्थे । उनिहरु पनि अचम्ममा पर्थे, एकदिन म साथिहरु संग लुकामारी खेलिरहेको थिए । रेडियो नेपालमा त्यतिबेला बेलुकाको समयमा बाल कार्यक्रम आउने गथ्र्यो ।

मैले साथिहरु संग जिस्किएर हेर है साथी हो, हाम्रो घरमा भएको रेडियोले मैले लेखेको पढ्छ । साथीहरु मेरो कुरा सुनेर छक्क पर्थे । अनि सोध्थे कसरी मैले भने म यो कागजको पानामा लेख्छु । यहाँ भित्र मान्छे छन । रेडियोको स्पिकर भित्र मैले लेखेको पत्र हालिदिन्छु, अनि पढ्छ । मलाई लाग्थ्यो रेडियो भित्र मान्छे छन । अब पढ्छन, साथीहरु पनि अब कति खेर भन्छ भनेर कान थापेर सुनिरहेका थिए । तर रेडियोले भनेन अनि साथीहरुले गिज्याउन थाले, खै त रेडियोले भनेको भन्दै, मलाई पनि रिस उथ्यो । आबेशमा आएर मैले रेडियो फुटाले, तर रेडियो भित्र मान्छे छन । भनेको त रहेनछन ज्या हुँदारहेनछन रेडियो भित्र त मान्छे भन्ने लाग्यो । अब मलाई रेडियो संगको रिस भन्दा पनि बाबा ममीको डर लाग्न थाल्यो । अब मलाई रेडियो फुटाएकोमा गाली गर्नुहुन्छ, भनेर यत्तिकैमा बाबा आउनु भयो गाली गर्नुभयो । किन रेडियो फुटाएको भनेर अनि मैले रुँदै सारा बृतान्त बाबालाई बताए । बाबाले गाली गर्दै भन्नुभयो, हैट लाटा कै रेडियो भित्र पनि मान्छे हुन्छन । यो रेडियो नेपाल हो यसको स्टुडियो काठमाडौंमा छ । त्यहाँबाट प्रसारण भएको हो । बाबाले भनेपछि म झसङ्ग भए, मलाई रेडियो फुटालेकोमा पछुतो भयो ।

यसरी नै दिनहरु क्रमिक रुपमा बित्दै गयो । यसैगरी पछि एफएम रेडियोहरु पनि खुल्न थाले त्यसपछि म आफ्नै चितवनमा भएका सिनर्जी एफ। एम, कालिका एफ।एम सुन्न थाले, त्यतिबेला चितवनमा रेडियोमा बोल्ने पत्रकारहरुको नाम मलाई अझै याद छ । प्रकाश ज्ञवाली, तिर्थ नेपाल, बिपिन बराल, चाँदनी हमाल, बासुदेब मरहठ्ठा, सुरज पौडेल, अजित देबकोटा, अजिता अधिकारी, ईश्वरी अधिकारी, मनिशा बास्तोला, द्वारिका नेपाल, सुरक्षा बराल, सम्झना कार्की, सिर्जन अबिरल, पवन पौडेल, रमेश बस्थाकोटी, गोबिन्द घिमिरे, मनोज पन्त, सुदिप न्युरे, बिजयराज अधिकारी, राजु सापकोटा लगाएतका पत्रकारहरुको आवाज रेडियोमा सुन्ने गर्थे ।

यसै क्रममा चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफ।एम बाट च्वास्स चुस्स भन्ने चर्चित हास्य कार्यक्रम हरेक साताको शनिबार बेलुका ७ बजेको समयमा आउने गथ्र्यो । उक्त कार्यक्रम संचालन ज्योति काफ्लेले सय भन्दा बढीको आवाजमा संचालन गर्नुहुन्थ्यो । संयोगमा उहाँलाई माडीमा नै भेट्ने अबसर पाए । मेरो गाउँको छिमेकी दाजुले उहाँसंग मेरो परिचय गराइदिनु भयो । त्यसपछि त झन मलाई रेडियोमा बोल्ने चाहना बढ्दै गयो । १४ बर्षको सानै कलिलो उमेरमा माडी बाट पत्रकारिताको यात्रा शुभारम्भ गरें । म त्यतिबेला कक्षा ८ मा पद्थे, त्यो समयमा म चितवनका विभिन्न एफएम रेडियोहरुको माडी सम्बादाता थिए । झन्डै लामो समय देखि आज सम्म माडी क्षेत्रमा नै रहेर पत्रकारिता गरिरहेको छु । बिस्तारै माडीमा पनि एफएम रेडियोहरु खुल्यो, म एसएलसी दिएर बसेको थिए । पत्रकार देब अन्जान शाहले फोन गरेर बोलाउनुभयो, अजित जि हजुर रेडियो माडीमा आउनुपर्यो भनेर । त्यतिबेला पनि उहाँ रेडियो माडीको स्टेशन म्यानेजर हुनुहुन्थ्यो । उहाँको आग्रहमा झन्डै एक बर्ष रेडियो माडीमा रहेर काम गरे । त्यसपछि चितवनका विभिन्न एफएम रेडियोमा रहेर काम गरे । निरन्तर यसरी नै फेरी माडीमा रहेको वाल्मीकि एफएम हुँदै, बीरगंजमा रहेको रेडियो बीरगंज टिभी बीरगंज हुँदै देशका विभिन्न एफएम रेडियोमा काम गर्दै पत्रकारितामा लामो समयको अनुभव संगालेको छु । यसरी नै मेरो पत्रकारिता निरन्तर रुपमा अगाडि बढिरहेको छ ।

अहिले म चितवन रेडियो नेटवर्क लगाएत अन्य एफएम रेडियोमा आवद्ध रहेको छु । यसैगरी नेपाली आवाज डटकमको माडी सम्बादाता समेत रहेको छु । यसरी मेरो पत्रकारिता यात्रा अगाडि बढिरहेको छ । म रेडियोलाई असाध्यै माया गर्छु, झन्डै एक दशक भन्दा बढी समय भएको छ । मैले रेडियोमा काम गर्न लागेको, मलाई पत्रकारिता क्षेत्रमा ल्याउन महत्वोपुर्ण भुमिका खेल्नुहुने आदरणीय दाजु एबम पत्रकार देब अन्जान शाह प्रती आभारी छु । रेडियो टेलिभिजनमा मैले प्रस्तुत गर्ने कार्यक्रम, समाचार, अन्तरबार्ता साथै मेरो आवाज मन पराउनुहुने मेरा प्रिय दर्शक श्रोताहरु प्रती आभारी छु । आज यहाँहरुको माया साथ र सहयोग र सदभाबले नै यो स्थान सम्म आउन सफल भएको छु ।

आगामी दिनहरुमा पनि यहाँहरुको यस्तै माया, साथ, सहयोग र सदभाबको अपेक्षा गर्दछु । आशा छ, यहाँहरुको माया म प्रती निरन्तर रहनेछ । अन्त्यमा म जहाँ भए पनि, जहाँ गए पनि, निरन्तर जनताको पक्षमा सशक्त भएर बुलन्द आवाजका साथ कलम चलाउनेछु । तपाईंहरुको म प्रतीको आशाको दियो कहिल्यै पनि निभ्न दिने छैन । मन परेमा शेयर गर्नुहोला धन्यवाद !

लेखक : अजित अधिकारी
              पत्रकार

Facebook Comments Box