चितवन । बिश्व मानव जगत यतिखेर संकटको घडीमा छ । महामारी प्रकोपको रूपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण बिश्व समुदायको जनजिबन नै आक्रान्त बनिरहेको छ ।

कोरोनाका कारण कयौं मानिसहरुले अकालमा ज्यान गुमाउन बाध्य भएका छन । बर्तमान परिवेशमा अहिले देखिएको यो विषम परिस्थितिमा बिरामीको सेवामा लागेका हामी स्वास्थ्यकर्मीहरु आफ्नो स्वास्थ्यको जोखिम मोलेर अहोरात्र जनताको सेवामा लागिरहेका छौ । तर उता, समाजमा स्वास्थ्यकर्मीहरु माथी हेर्ने दिष्टिकोणमा परिबर्तन हुन नसक्दा चिकित्सक एबम स्वास्थ्यकर्मीहरु समाजमा अपहेलित भएर बस्नुपर्ने अबस्थाको सिर्जना भएको छ ।

मानबिय भाबनालाई आत्मसाथ गरी काम कर्तव्यलाई सम्झेर आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर हामी स्वास्थ्यकर्मीहरुले बिरामीहरुलाई गरेको सेवाको सम्मान हुन नसक्दा हामी स्वास्थ्यकर्मीहरुले अपमानित भएको महशुस गरेका छौ । तर यो हाम्रो लागि सहय छैन । कतिपय पेसाकर्मी र आम मानिसहरु आफ्नो घरमा परिवार संग सुरक्षित भएर बसेको अबस्थामा आफ्नो ज्यान धरापमा राखेर बृद, बालक, अपाङ्ग, अशक्त र जुनसुकै रोगी र निरोगीका लागि हामीले गरेको सेवाको उच्च मुल्यांकन र सम्मान हुन सकेमा अझ धेरै काम गर्ने जोश जागर र प्रेरणा मिल्ने थियो । सबै परिवार मिलेर बनेको एउटा सिङ्गो समुहलाई नै समाज भनिन्छ । देश र समाज निर्माणमा युवाहरुको महत्वोपुर्ण भुमिका रहन्छ ।

विशेषगरी युवाहारु भनेको राष्टका संबाहक हुन । अँध्यारो समाजमा उज्यालो किरणको ज्वती छरी चेतनाको दियो बाल्ने युवाहरुको जमातलाई सम्मान गर्न सिक्नुपर्छ । तर यसो भन्दै गर्दा, अहिले मानब जाती नै संकटमा परिरहेका बेला हाम्रो समाजले गर्ने छि,छि र दुर दुरको व्यबहार कहिले सम्म हो ? अपमान गर्नेहरुलाई कारबाही गर्नुपर्ने हो कि होइन ? अनि हाम्रो समाज कति अशिक्षित र स्वार्थी छ हगि, कहिलेकाही हामी अबसरबादी पनि भइदिन्छ्यौ । हामीमा अझै पनि कति अचेतना छ । कति सम्मको भने, तर हामी सोच्दैनौ, तर हामिलाई थाहा छ । हामी थाहा पाएर पनि बुझ बुझाउछौ त्यो हो म आज युवा, जवान छु, भोली बुढो हुन्छु । अहिले दिन भरे रात हुन्छ यसरी नै समयको चक्रपथ घुमिरहन्छ भन्ने कुराको हामी हेक्का नराखी अनेकौं कुराहरुको याद गर्छौ, तर व्यबहारमा उतार्दैनौ । मतलब हामी घमण्डी छौ । यस्तै यस्तै बुझबुझाएर नै त आज हाम्रो समाजमा आज्ञानता छ । यस्तै अहम बिचारले नै आज हाम्रो समाज अधोगती तिर गइरहेको छ । फलस्वरूप समाजले नकारात्मक सन्देशहरु पैदा गर्दछ । यसको अन्त्य गरी समाजमा सकारात्मक सन्देश उत्पादन गर्न सिक्नुपर्ने आजको अपरिहार्य आबश्यता हो । अनि के अरुलाई आज कोरोना लाग्यो भने भोलि तपाईं हामीलाई लाग्न सक्दैन र ? आखिर थाहा छ अबश्य लाग्छ । अनि किन हामी एकआपसमा बिवाद र भिन्नता देखाउँछौ ।

अन्तमा कोभिड बाट बच्नको लागि
१. घर बाहिर या भित्र हिडडुल गर्दा मास्क अर्थात रुमालको प्रयोग गरौं ।
२. जथाभावी घर बाहिर नजाउँ
३. एकआपसमा सामाजिक दुरी कायम राखौं
४. घर बाहिर या भित्र काम गर्दा हातमा रोगका किटाणुहरु हुन सक्छन । त्यसैले बारम्बार हात धुने बानी गरौं ५ आफ्नो समुदायमा कोहि       अपरिचित मानिस आएको देखेमा तुरुन्त प्रहरीलाई खबर गरौं
५. पोषिलो झोलिलो खानेकुराहरु खाउँ
६ . आफ्नो ब्यक्तिगत सरसफाईमा ध्यान दिउँ
आत्मबल बलियो र सक्षम बनाउँ
८ . कोरोना संक्रमित र संक्रमित परिवारका सदस्यहरुलाई घृणा होइन, माया सदभाब र हौसला दिउँ अनि मात्र कोभिड बाट बच्न सकिन्छ ।

त्यसैले कोरोना बाट आँफू पनि बचौं अरुलाई पनि बचाउँ जनहितमा जारी सन्देश मनपरेमा शेयर गर्नुहोला धन्यवाद

लेखक :  सफल गौतम
          स्वास्थ्यकर्मी
बघौडा अस्पताल माडी, चितवन

Facebook Comments Box