चितवन । चितवनमा वढ्दै गएको कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्ने उदेश्यले रोटरी क्लब अफ रत्ननगर र रोट्रयाक क्लब अफ रत्ननगरको संयुक्त आयोजनामा सुरक्षा निकायलाई“स्वास्थ्य सामाग्री वितरण कार्यक्रम” सम्पन्न गरेको छ ।

क्लबले सोमवार (आज) चितवन र मकवानपुरका विभिन्न प्रहरी कार्यालय एवं सुरक्षा निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रमको संयोजन रोटरी क्लब अफ रत्ननगरका सर्भिस प्रोजेक्ट चियर रोटरियन जनकराज पौडेलले गर्नुभयको थियो ।

हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष रोटरियन शिवराज उप्रेती , रोट्रयाक क्लब अफ रत्ननगरका अध्यक्ष रोट्रायटर रोशन पौडेल , रोट्रायटर पुजन लामिछाने इडिटर (२०२०-२१)लगायत कल्वका पदाधिकारी सहित सदस्यहरुको सहभागिता रहेको थियो ।

हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन लाई २५०० थान माक्स, ५ लिटर सेनिटाईजर, ३० थान फेस शिल्ड र ५०० थान ग्लोभ्स
प्रहरी चौकी गोन्द्राङ्गलाई ५०० थान माक्स, ईलाका प्रहरी कार्यालय, रत्ननगरलाई २५०० थान माक्स, ५ लिटर सेनिटाईजर, १५ थान फेस शिल्ड र ३०० थान ग्लोभ्स
ईलाका प्रहरी कार्यालय, खैरहनीलाई १३०० थान माक्स, ५ लिटर सेनिटाईजर, १५ थान फेस शिल्ड र ३०० थान ग्लोभ्स
ईलाका प्रहरी कार्यालय, भण्डारालाई १३०० थान माक्स र ५ लिटर सेनिटाईजर
ईलाका प्रहरी कार्यालय, मनहरी, मकवानपुरलाई १५०० थान माक्स र ५ लिटर सेनिटाईजर
सशस्त्र प्रहरी बिट, सुनाचुरी, मकवानपुरलाई ३०० थान माक्स र ५ लिटर सेनिटाईजर
प्रहरी चौकी जुटपानी, कालिका, चितवनलाई ८०० थान माक्स
प्रहरी चौकी बछौलीलाई ५०० थान माक्स

Facebook Comments Box