कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा आज विहान गएको पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

आज बिहान साँढे ७ बजेतिर गएको पहिरोमा पुरिएर स्थानीय ४० वर्षीय परेक शाही, उनको ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाहीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी वताए । उक्त पहिरोमा तीनजना अझै वेपत्ता छन् ।

Facebook Comments Box