चितवन । स्कुलभित्रै तास खेलिरहेको अवस्थामा चितवनको खैरहनीबाट ११ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीको टोलिले स्कुलका हेडमास्टर सहित ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद गरेको प्रवक्ता थापाले जानकारी वताए ।

Facebook Comments Box