चितवन । चिनको हुवाई प्रान्तको वुहान शहरवाट सन् २०१९ डिसेम्वर ३१ मा पहिलो पटक मानिसमा संक्रमण पुष्टी भएको कोरोना भाईरस (कोभिड–१९) हाल विश्वका २१५ वटा देश तथा उपद्विपहरुलाई विगत ८ महिना देखि आक्रान्त बनाएको छ। हाल सम्म विश्वमा करिव २ करोड ३३ लाख व्यक्ति संक्रमित भएका छन् भने ८ लाख संक्रमितको ज्यान लिईसकेको महामारीको संक्रमण दिन प्रती दिन बढ्दो छ। चिन बाट खडेरीको जङ्गलमा लागेको डढेलो जस्तै गरी विश्वभर फैलीईरहेको यो महामारीले न धनी न गरीव, न ठुलो न सानो, न विकशित न अविकशित, जे जती सम्प्रदाय र समुदाय छन् सवैलाई चपेटामा पारेको छ।

सुरुमा चिनमा देखिएको संक्रमण, युरोप हुदै उत्तर अमेरीका, दक्षीण अमेरीका, मध्यपूर्वी एसियामा महामारीको रुपमा फैलीईरहेको उक्त भाईरस हाल दक्षीण एसियाली मुलुकमा पनी संक्रमणको दर दिन दुई गुना रात चार गुनाको रफ्तारमा बढीरहेको परिपेक्षमा सवैभन्दा प्रभावित विश्व अर्थतन्त्रमा पकट राख्ने जी–७ र जी–२० औद्योगीक शक्तीशाली राष्ट्रहरु भएका छन्।

डीसेम्बर अन्त्यबाट देखा परेको यो भाइरस मार्च को पहीलो हप्ता सम्म विश्वमा संक्रमण दर दैनीक २–३ हजारमा सिमीत रहेकोमा अहिले अगष्टको अन्त्य सम्म आउदा सम्म दैनिक ३ लाखको हाराहारीमा नँया संक्रमित भेटिनुले यसको संक्रमणदर कती धेरै रहेछ भन्ने कुराको पुष्टी गर्दछ। र संक्रमणको दर कम भएका तथा आधिकारीकरुपमै कोभिड–१९ मुक्त घोषणा गरेका न्युजील्याण्ड, तान्जनीया, भ्याटिकन सिटि जस्ता मुलुकहरुमा पछिल्लो समय पुनः संक्रमण फैलिनु र नियन्त्रण उन्मुख रहेका जापान, कोरीया लगायतका मुलुकमा अहिले संक्रमण बढ्रदै जानुले चिकित्सा विज्ञानलाई समेत अचम्ममा पारेको छ।

कोभिड–१९ विश्वको पहिलो महामारी मात्र होईन, महामारीको ईतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा ब्याक डेथ, एल्लो फीभर, प्लेग आदि जस्ता विश्व महामारीले करोडौ जन–धनको क्षति गरी राज वंशकै पतन भएको र महामारी पश्चात् विश्वव्यापी भोकमरी सिर्जीत भई मान्छेले मान्छेको नै मासु खाने गरेको भन्ने इतिहास भेटिन्छ। तर २१ औं शताब्दीमा विकास भएको आधुनीक चिकित्सा विज्ञान समेत हार खाईरहेको, हाल सम्म कुनै निकास ननिस्कनु पक्कै आश्चर्यको विषय हो।

विश्वका ठुला अर्थतन्त्र भएका देशमा भाईरसको प्रभाव धेरै देखिएको छ। यसवाट विश्वव्यापीरुपमा आर्थीक संङ्कट निम्तीने सम्भावना बढेको छ भने अन्तराष्ट्रिय मुद्राकोषका अनुुुसार, यो प्रकोपका कारण सन् २०२० र २०२१ मा विश्वको कुल गार्हस्थ्य उत्पादन करिव ९ ट्रिलियन अमेरीकी डलर बराबरको नोक्सानी हुने र प्रभाव सन् १९३० को महामन्दी र सन् २००९ को वित्तीय सङ्कट भन्दा बढी रहने कुरा अनुमान गरेको छ। विश्व स्तरमै वेरोगारीको दर बढेको छ, अमेरीकामा ८ महिनाको अन्तरालमा १८ मिलीयन व्यक्तीको रोजगार गुमेको भनि अगष्टको पहीलो हप्तामा सार्वजनिक सर्वेक्षणले देखाएको छ। विश्वको श्रम बजारमा आर्थीेक क्रियाकलाप घट्दै गएकोले अधिकांश देशले श्रमिक कटौती गर्ने निती लिइसकेका छन्। यसले गर्दा विश्वव्यापी रुपमा उत्पादन र उत्पादकत्व घट्न थालेको छ।

नेपालको सन्दर्भमा, वि.स २०७६ माघ १० मा चिनको वुहानबाट नेपाल आएका एक जना पुरुष पहीलो संक्रमित भेटिएका थिए। नेपाल सरकारले महामारी फैलन नदिन भनि वि.स २०७७ चैत्र ११ वाट विभिन्न चरणमा गरि जेठ ३२ सम्म लकडाउन गरेको थियो। उक्त समयमा व्यापार, उद्योग, कलकारखाना,लगायत निजी तथा सरकारी कार्यालयहरु सबै वन्द भए। सरकारले २०७७ असार १ गते देखी बन्दाबन्दीको तौर–तरीकालाई परिवर्तन गरी केही सहज वनायो। तर त्यसपछी संक्रमणको दर झन बढ्न गई हाल मुलुकको विभिन्न स्थानमा समुदाय स्तरमै फैलीई दैनीक ५०० देखी १००० को हाराहारीमा संक्रमीत फेला परिरहेका छन्। भने दैनिक १० जना सम्मको मृत्यु भइरहेको अबस्था छ। विगत आठ महिनाको अन्तरालमा मुलुकमा करिव २९ हजार संक्रमित भईसकेका छन् भने १५० भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ। अहिले लक्षणयुक्त संक्रमितको सङ्ख्या बढिरहेको र मृत्युदर पनि बढ्दै गएकोले संयमित नभएमा नेपालको आउने दिनमा परिस्थीती युरोपेली देशको जस्तो भयावह नहोला भन्न सकिदैन।

हाल मुलुकका शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द भएको ५ महिना भन्दा बढी भईसकेको छ। यहि परीस्थीती रहे पुरानै स्थीती बाट शैक्षिक संस्था सञ्चालन गर्ने अवस्था छैन र यो शैक्षीक सत्र यतिकै खेर जाने स्थीती आउन सक्छ। यस बाट वालकालीका तथा विद्यार्थीमा सिकाई प्रभावित हुनुका साथै मोवैज्ञानीक समस्याहरु आउन सक्ने हुनाले दुर–दराजका विद्यार्थीहरुलाई समेत अनुकुलीत हुने गरी वैकल्पिक शिक्षण पद्धतीलाई कार्यान्वयनमा ल्याउनु पर्छ।

आ.व २०७६÷०७७ को फागुन सम्म समष्टीगत आर्थीक परीसुचकहरु सन्तुलित र सन्तोषजनक रहेकोमा कोरोनाको प्रभावको कारण मुलुकको कृषी, उद्योग, यातायात, पर्यटन, होटल, तथा रेस्टुरेन्ट, निर्माण, थोक तथा खुद्रा व्यापार लगायत सेवा क्षेत्र बढी असर परेकोले यहि स्थीती अझै केही महीना गएमा नेपालको अर्थतन्त्र पनी थला पर्ने देखिन्छ। सरकारले आ.व २०७७÷०७८ को वजेटमा देशको महत्वाकांक्षी आर्थीक वृद्धीदर ७ प्रतीशतको राखेको छ जुन लक्ष्य पुराहुन असम्भव प्राय छ, विश्व वैङ्कले सन् २०२० जुन ९ मा सार्वजनिक गरेको ग्लोबल ईकोनमिक प्रस्पेक्ट अनुसार आ.व २०७६÷०७७ मा नेपालको आर्थीक वृद्धीदर १.८ मा सिमित हुने अनुमान गरेको र सार्वजनिक तथा निजी उद्योग तथा व्यवासाय बन्द रहेको अवस्थामा वजेटमा अनुमान गरिएअनुुसार ८ खर्व ८९ अर्व वरावरको राजश्व सङ्कलन हुनै सक्दैन। शक्तीशाली राष्ट्रहरु समेत यस महामारीको चपेटामा परेकोले दातृराष्ट्र बाट वैदिशिक अनुदान र सहायताका नाममा आउने सहयोगमा भारी गिरावट आउन सक्छ। त्यसैले आर्थीक सङ्कट र दुर्घटना बाट वचाउनको लागी पुरक वजेट, विभिन्न निती योजना र कार्यक्रम लिनु पर्ने हुनसक्छ। नेपाल जस्तो सानो अर्थतन्त्र भएका र विदेशि मुद्राको संचिती वैदेशिक श्रमवाट प्राप्त हुने विप्रेषणमा भरपर्नु पर्ने देशले वैदेशिक रोजगारमा गएका नेपालीहरु वेरोगार भई विप्रेषण आय घट्न गई विदेशिमुद्राको संचिती घट्ने र नेपाली मुल्यको अवमुल्यन हुने खतरा वढ्दो छ। नेपाल जस्ता अल्पविकसित मुलुकमा दैनिक ज्यालादारी र साना तिना व्यवसाय गरेर जिविका निर्वाह गर्ने जनताहरुको लागी दैनिकी अत्यन्तै कष्टकर हुन्छ र धनि र गरीव विचको खाडल अझ गहिरो हुनेमा कुनै शंका छैन

अहिले वैदेशिक रोजगारीमा रहेका तथा मुलुक भित्र रहेका अधिकांश व्यक्तीको रोजगार गुमेको छ। वैदेशिक रोजगारमा रहेको जनशक्ती रोजगार गुमे सँगै नेपाल फर्कने प्रतिक्षामा छन्। उक्त जनशक्ती नेपाल फर्केपछी परीचालन गर्न सक्नु पर्छ। कृषी प्रधान देश नेपालको दुई तिहाई जनसङ्ख्या कृषीमा निर्भर भएको हुनाले सरकारले अल्पकालीन र दिर्घकालीन योजना बनाई संघ, प्रदेश र स्थानीय तहको समन्वयमा स्थानीय स्तरमा विभिन्न कृषी प्याकेज ल्याई उक्त जनशक्तीलाई परिचालन गरि कृषीमा क्रान्ती ल्याई शोक लाई शक्तीमा बदली देशलाई आत्मनिर्भर वनाउने सुवर्ण अवसरका रुपमा स्थापीत गर्न सकिन्छ।

भनिन्छ, विपत्ती घण्टी बजाएर आउदैन। नेपालले महा–भुकम्प – २०७२ र भारतिय नाकावन्दी जस्ता दर्दपुर्ण घडी पार गरेको धेरै समय भएको छैन। ति विपत्ती आकास्मीक आए तर कोरोना भाईरस घन्टी बजाएरै, चिनमा संक्रमण फैलीएको केहि महिना पछी मात्र नेपालमा फैलीरहेको छ। त्यतीनै वेला विश्व स्वास्थ्य संगठनले जोखिमयुक्त मुख्य मुलुकको सुचिमा राखेको थियो तर सरकारले सम्भावित जोखिमको पूर्व तयारी स्वरुप लकडाउन वाहेक अन्य गरिएको देखिएन। बरु स्वास्थ्य सामग्रि तथा परिक्षण किट खरिदमा अनियमितता आरोपमा सरकार विवादीत बन्यो। जोखिम बढ्ने सम्भावनाको जानाकार हुदाहुदै पनि पूर्व तयारी नगरीनु सरकारको गम्भीर लापरवाही हो। अहिले देशमा प्रयाप्त आईसोलेशन, भेन्टिलेटर, लगायत अन्य स्वास्थ्य पूर्वाधार छैनन्, प्राईभेट अस्पतालले कोरोना संक्रमितको उपचारमा आनाकानी गरेको अवस्था छ। यस्तो अवस्थामा सरकारले कुनै रेपीड एक्सन लिनुको सट्टा सत्ताको खेलमा लागेको छ। अझ अचम्म लाग्दो कुरा के छ भने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जस्ता जिम्मेवार व्यक्तीवाट, ुयही स्तरमा कोरोना बढेमा हामिले थेग्न सक्दैनौ।ु भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ती आउछ। त्यसो भए आज सम्म पूर्व तयारी नगरी कँहा सुतेर वसेको? यसमा जनताको के दोष?

आफुलाई सर्वश्रेष्ठ ठान्ने अत्याधुनिक आणविक हतीयारको धाक लगाउने, आफुलाई सर्वशक्तीमान मान्ने मानव जातीको अहिले कोरोना भाईरसले याकुल–व्याकुल वनाई विगत ८ महिना देखी पिञ्जडाको जिवन जिउँन बाध्य बनाई उसको उन्मादलाई पोखाईदिएको छ। भने पशुपंक्षी, जिबजन्तु, किटपतंङ्ग र प्रकृती रमाईरहेको छ। वातावरण स्वच्छ हरावरा भएको छ भने जैविक विविधता र पर्यावरण सन्तुलीत हुदै गईरहेको छ। डाईनोसर जाती पृथ्वीमा अचाक्ली एकल रवैयाको कारणले विनाश भएर गयो, कतै मानवजाती पनी उहि दिशामा त गईरहेको छैन? अव सोच्नु पर्ने समय आएको छ।

विश्व महामारीमा एकजुट भएर कोरोना विरुद्धको लडाई जित्नु पर्नेमा शक्तीराष्ट्रहरु खास गरी अमेरीका र चीनका नेताहरु विश्व नेता वन्ने होडमा एक–अर्का माथी आरोप–प्रत्यारोपमा उत्रेका छन्। अमेरीकाले कोरोना भाईरस लाई चिनिया भाईरस नामको ट्याग दिईरहेको छ भने चिनले पनि अमेरीकी सेना द्वारा वुहानमा छोडिएको भनि आरोप लगाएको छ। विगत आठ महिनाको अन्तरालमा सम्म पनी भाईरस विरुद्धको औषधि र भ्याक्सीन बन्न सकेको छैन । यसरी मानव अस्तीत्वलाई नै संकटमा पारीरहेको स्थीतीमा एक आपसमा झगडा गर्नुको सट्टा एक आपसमा मिलेर विश्व स्तरीय कोरोना भाईरस विरुद्धको युद्ध जित्नु जरुरी छ, यदि ढिला भएमा मानब जातीले धेरै ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ।

कोरोनाको रनभुल्लमा परेर अन्य रोगी ब्यक्ती तथा विपत्ती प्रती उपेक्षा गरीनुहुदैन, वन्दावन्दी र निषेधाज्ञाको कारण नियमित स्वास्थ्य सेवाको खाँचो पर्ने सुगर–पे्रसर, थाईराइड, मृगौला डाइलासिस, क्यान्सर आदी दिर्घरोगीहरुले नियमित स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नु परीरहेको छ भने वाढी–पहिरो आदी प्राकृतीक विपत्तीबाट मात्र दुई महिनाको विचमा २ सय भन्दा बढीले ज्यान गुमाईरहेको परीपेक्षमा ुएक तिर सिलाउँदा अर्को तिर च्यातिनेु उखान सावित नहोस्।

साढे दुई महीना लकडाउन थेगेको मुलुकले अहीले फेरी लकडाउन र निषेधाज्ञा सुरु गरीएको छ, लकडाउन तथा निषेधाज्ञा नियन्त्रण उपायका अल्पकालीन उपायहरु हुन्। साधन हुन्, साध्य होईनन्। अबपनी सरकारले नागरीकहरुलाई केही दिन घरमै थुनीदिएपछी कोरोना आफै भागीहाल्छनी भन्ने सोच राख्नु हुदैन,यदी सोही तरीका प्रभावकारी हुन्थ्यो भने यस अघि महिनौँ गरीएको लकडाउन ले के नतीजा दियो? र नियन्त्रणको नाममा सडकमा सुरक्षाकर्मी परीचालन गरेर हुदैन, प्रभावकारी स्वास्थ्य रणनिती र योजना लागु गरेर स्वास्थ्य सामग्री, आईसोलेसन, भेन्टीलेटर, कोरोनामैत्री अस्पतालको मात्रा र पर्याप्त मात्रामा स्वास्थ्यकर्मी र परीक्षणको दर बढाईनुपर्छ।

महामारी नियन्त्रणमा सरकारलाई सवै पक्षवाट सहयोग हुनु जरुरी छ, नागरीकहरुपनी सचेत र सभ्य भई विनाकाम घर वाहीर ननिस्कीने, निस्कीनै परे मास्क र स्यानिटाईजरको प्रयोग गर्ने, भिडभाड नगर्ने गर्नुपर्छ। तर अहिले कुनै–कुनै ठाउमा जन–समुदाय स्तर बाटै स्वास्थ्यकर्मीलाई अर्घेलो देख्ने, अपमान गर्ने प्रवित्ती बढेको छ, जुन चिन्ता जनक विषय हो। विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरीएको तस्विर र भिडियो सामाजिक सञ्जालमा सेयर गरी भाईरल बनाउने समाज नै आफ्नै टोलमा भने स्वास्थ्यकर्मीलाई लखेट्न अघी सरेको छ, कता जादैछ हाम्रो समाज? (महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी सँग भिड्दै हामा्रे समाज) यि यस्ता नकरात्मक कृयाकलाप गर्ने विरुद्ध सरकारले कडा भन्दा कडा कारवाही गर्नुपर्छ।

अन्त्यमा, कोभिड–१९ को महामारी विरुद्ध विजय हासिल गर्नका लागी सवै एकजुट भएर लागाँै, आरोप–प्रत्यारोपबाट निकास पाईदैन। नागरीक स्तरबाट सरकारका निर्देशनको पालना गर्ने, भौतीक दुरी कायम गर्ने, अनावश्यक घर बाहीर ननिस्कने,व्यक्तीगत सरसफाई गर्ने, पोषीलो खानेकुरा खाने,कसरत तथा योगाभ्यास गरी प्रतीरोधात्मक क्षमता बढाउने गरी सभ्य नागरीक भएर सरकार लाई सहयोग गरौ।

          लेखक : सुभाष कुँवर
राप्ती नगरपालीका,चितवनमा कार्यरत कर्मचारी

Facebook Comments Box