चितवन । भरतपुर अस्पतालको आइसोलेसनबाट मंगलबार भागेका १९ वर्षीय कोरोना संक्रमित पुरुष नुवाकोटमा भेटिएका छन ।

उनलाई आज विहान १०ः३० बजे नुवाकोटको बेलकोटगढी गाँउपालिका वडा नम्वर ५ मा रहेको प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा फेला पार्न सफल भएकोे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

संक्रमित पुरुष साइलकमा चितवनबाट नुवाकोट पुगेको प्रहरीले जनाएको छ । नुवाकोटको आइसोलेसनमा राख्नका लागि समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।

Facebook Comments Box