बाँके । बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमणका कारण गएराति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१ निवासी ३७ वर्षीय उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश वावु श्रेष्ठले जानकारी दिनुभएको छ ।

उनलाई स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

Facebook Comments Box