चितवन । चितवनका ४० जना सहित ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुरका ३६ जना , रत्ननगरका ३ जना र खैरहनीका १ जना गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका एक/ एक जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

Facebook Comments Box