काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौ उपत्यकामा २३२ सहित देशभर ८५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।

हाल सम्म देशभर कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १९ जना उपचारपछि निको भइसकेका छन । भने पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन ।

Facebook Comments Box