चितवन । भगवान श्रीरामको जन्म नेपालको अयोध्यापुरीमा भएको कुरा कसैले नकार्न सकिने बिषय नै होइन । अनि यो पबित्र भुमिमा अयोध्याधाम निर्माण गर्न सके सम्पुर्ण माडी क्षेत्र लगायत चितवनकै सान बन्ने पनि पक्का छ ।

धार्मिक तथा पर्यटकीय हिसाबले देशको सय क्षेत्र तथा बाग्मती प्रदेश अन्तर्गतको तेह्र गन्तब्यमा पर्न सफल यो तपोभुमिमा करिब हरेक वडामा कम्तिमा पनि एउटा धाम रहेका छन । वार्ड नं ९ को गणेशकुन्जमा पनि आजभन्दा करिब २० बर्ष अगाडि भगवान राम, माता सीता तथा नागदेबताको मुर्ति सहितको एक गुफा फेला पर्यो । ९० प्रतिशत हिन्दु भएको देशमा स्वभावैले भक्तजनको भिड लाग्न थाल्यो र त्यो ठाउँको सर्बत्र देशव्यापी चर्चा चुलिन थाल्यो । माडीको सबैभन्दा बिकट कुनामा यसरी क्रमिक रूपमा धार्मिक पर्यटनको बिकाश हुँदै थियो ।

अकस्मात कुन चाहिँ घातीको मनमा कुविचार पैदा भएछ, कुन्नी एक एक गरि मानिसका कानमा त्यो गुफा अनि मुर्तिका बारेमा कपोलकल्पित नकारात्मक कहानी र सन्देश पुग्न थालेछन्  र बिस्तारै गुफा प्रती आकर्षण घट्दै गयो । जसको घाटा हामी सम्पुर्ण लाई पर्न गयो तर हल्लाका योजनाकारहरु लाई चाहिँ कस्तो फाइदा पुग्यो बुझ्न सकिएन ।

प्रसङ्ग बिषयबस्तु तर्फ नै मोडौँ, हाल सोही क्षेत्रमा भगवान श्रीरामको जन्म भएको भन्ने पौराणिक प्रमाणहरु जुट्दै गएको अवस्था छ । सम्माननिय प्रधानमन्त्रीले नै विशेष चासोका साथ हेरिरहेको अबस्थामा हामी सम्पुर्ण ( बिशेष गरि साबिक अयोध्यापुरी गा.बि.स बासी) मिलेर धार्मिक तथा पर्यटकीय बिकास गर्न लाग्नुको विकल्प छैन ।

अहिले समग्र रुपमा हेर्दा माडी- ७ मा शनि मन्दिर तथा रेवा त्रिबेणी धाम, माडी – ८ मा बैकुण्ठधाम भएकोले ती क्षेत्रहरूमा त्यही रुपमा बिकास तथा बिस्तार गर्दै श्रीराम सम्बन्धित अयोध्याधाम निर्माणका लागि निर्बिकल्प वडा नं ९ को कुनै उपयुक्त जमिन हेरौं । सानो मन्दिर होइन बृहत क्षेत्र बिकास हुने भएकाले फाइदा सबैलाइ हुने हो ।राष्ट्रिय निकुञ्जको अबरोध नहुने गरि सकेसम्म सालका बोट फाड्न नपर्ने गरि ठाउँ खोजौँ र अनावश्यक रोइलो र केटाकेटी पारा नदेखाउँ । धन्यवाद !

लेखक : मुक्तिराम भण्डारी
ठेगाना : माडी नगरपालिका , चितवन

Facebook Comments Box