चितवन । कोभिड १९को उच्च जोखिमको कारण बिश्व नै आतंक बनिरहेको अवस्थामा नेपालमा पनि संक्रमण र मृत्युदर बढदै भएको छ ।

कोभिडको कारण खेल क्षेत्रमा समेत यसको प्रत्यक्ष असर परेको छ । यसैको मध्यनजर गरि रत्ननगर तेक्वान्दो डोजाङ्गले सिनियर १०० जना प्रशिक्षकहरु र खेलाडीहरुको कोरोना बिमा गर्न लागेको रत्ननगर तेक्वान्दो डोजाङ्गका अध्यक्ष सलिन बरालले जनाकारी दिनु भएको छ ।

चितवनमा नै पहिलो पटक खेलाडीहरुको कोरोना बिमा गर्दा अन्य खेल क्षेत्रमा समेत राम्रो सन्देश जाने बिश्वास लिएको बरालले वताए । वि.सं २०५५ सालमा स्थापना भएको डोजाङ्गले थुप्रै राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी समेत उत्पादन गरेको वरालले वताए ।

Facebook Comments Box