चितवन । चितवनमा आज थप २० जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको चितवन मेडिकल कलेजको कोभिड ल्याबले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा चितवन भरतपुरका १३ जना र खैरहनीका १ जना गरि १४ जना रहेका छन ।

यसैगरी मकवानपुरका १ जना ,नवलपुर गैंडाकोटका २ जना, नवलपुर कावासोतीका १ जना ,बारा कलैयाका १ जना र गोर्खाका १ जना रहेका छन ।

Facebook Comments Box