चितवन । जिल्लामा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भदौं १२ गतेसम्म एक साताको लागि निषेधाज्ञाको अवधि थप गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरिएको शर्माले जानकारी दिनुभएको छ । यसअघि जिल्लाका ६ वटा स्थानीय तहमा लागू गरिएको निषेधाज्ञा माडी नगरपालिकामा समेत जारी गरिएको शर्माले वताए ।

Facebook Comments Box