लहान । बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा सिरहाको अर्नमा गाउँपालिका(५ कृष्णपुरमा एक महिलाको मृत्यु भएको छ । स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Facebook Comments Box