चितवन । चितवनका थप २० जनासहित ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको रत्ननगरका एक जना, भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना र खैरहनीका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

यस्तै नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार राति १२ बजेसम्म कुल ५०० नमुनाको परीक्षण गरिएको थियो ।

Facebook Comments Box