चितवन । चितवनमा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका ४६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

संक्रमित सबैभन्दा धेरै राप्ती नगरपालिकामा देखिएका छन । राप्तीमा प्रहरी क्वारेन्टिनमा वसेका ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ जसमा ४० पुरुष र २ महिला छन । यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कोभिड परीक्षणका क्रममा मकवानपुरका १जना,बाराका २ र गोरखाका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

 

Facebook Comments Box