काठमाडौँ । सुनचाँदीको मूल्य आज घटेको छ । आईतवारबाट नै सुनचाँदीको मूल्य घट्न थालेको थियो । आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।

आईतवार सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा निर्धारण गरिएको छ ।

Facebook Comments Box