चितवन । चितवका युवाहरुले थालेको “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” को नारा सहित संचालन भएको ६० दिने अभियान अन्तर्गत आज ५२औँ दिन पुरा भएको छ ।

आईतबार ५२ औँ दिन चितवनको कालिका नगरपालिका निवासी रेक्सा चलाई मजदुरी गर्ने क्रममा ४ महिना अघि हात भाँचिएर कमजोर आर्थिक अवस्थाका कारण उपचार बाट बन्चित भएका बुद्धिराम दराइलाई मायाको चिनो स्वरुप कोसेली हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।

कार्यक्रममा स्थानिय समाजसेवी तथा अभियानका अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको संयोजक भण्डारीले जानकारी दिनुभएको छ ।

Facebook Comments Box