काठमाडा । नेपाल–भारतबीच आउँदो साता वार्ता हुने भएको छ । भारत सरकारले नेपालमा गर्दै आएको सहयोगमा सञ्चालित विभिन्न परियोजनाको मूल्यांकन गर्नका लागि काठमाडौंमा दुई देशका अधिकारीबीच छलफल हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौड्यालले जानकारी दिए।

उनका अनुसार भारत सरकारद्वारा सञ्चालित परियोजनाहरुको मूल्यांकनका सम्बन्धमा नेपाल र भारतबीच छलफल हुन लागेको हो ।

Facebook Comments Box