काठमाडौं । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणबाट मृत्यु भएको छ । १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको उनको गएराती काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं लगिएको र गएराती उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

Facebook Comments Box