काठमाडौं । बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ४२ वर्षीय पुरुष र कृष्णनगरका २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

मृतकमध्ये कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता कोरोना संक्रमित हुन भने अर्का कृष्णनगर नगरपालिकाका २५ वर्षीय प्रदीप तेली कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए । उनको पीसीआर रिपोर्ट आउँन बाँकी छ ।

Facebook Comments Box