पुनाराम शर्मा

रत्ननगर । मेडिकल सिटिको रुपमा विकास भएको चितवनको रत्ननगर निपनि चोकमा आजबाट निपनि केयर मेडिसिन सेन्टर सञ्चालनमा आएको छ ।

रत्नननगर नगरपालिका वडा नम्वर १० स्थित निपनिमा आज वडा अध्यक्ष केशव आचार्यले उद्धघाटन गर्नु भएको सञ्चालक सुमन थापाले जानकारी दिनु भएको छ । आज भएको उद्धघाटन समारोहमा फिजिसियन डा.किशोर गौतम , ईलाका प्रहरी कार्यालय रत्नननगरका प्रमुख रविन कार्की लगायतको सहभागिता रहेको थापाले वताए ।

थापाका अनुसार प्रत्येक शनिवार विशेषज्ञ चिकित्सकहरुवाट सेवा प्रदान गरिने वताउनु भएको छ ।

Facebook Comments Box