काठमाडौं । काठमाडौंको गोंगबुमा एक ब्यक्तिको विभत्स हत्याका आरोपी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार हत्याको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई प्रहरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

कल्पनाले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि हत्या गरेको बयान दिएको प्रहरीले बताएको हो ।

प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बयानको क्रममा बताएको घटनामा संलग्न अधिकारीले जनाएका छन । प्रहरीले घटनास्थलबाट बरामद गरेको ह्यामर र दाउ पनि फेला पारेर सार्वजनिक गरेको छ ।

Facebook Comments Box