रत्ननगर । रत्ननगरको १३ मा रहेको नवोदय सुकुम्वस्ती बस्तीमा निशुल्क माक्स वितरण गरिएको छ । हेड्स नेपालको आयोजना तथा दाजुभाइको सहकार्यमा निशुल्क माक्स वितरण गरिएको हो । माक्स वितरण कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला दुवाडीले सवैलाइ सचेत रहन आग्रह गर्नुभयो । आजै बाट आफ्नो टोल वा वडामा नया मानिसलाइ प्रवेशमा कडाइ गर्नुपर्ने बताउनु भयो । अहिले कोभिड १९ को महामारी र यसको जोखिम अत्यन्तै बढी रहेको भन्दै यसवाट पहिले आफु अनि अरु बाच्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै दाजुभाइका बिशाल आलले माक्सको महत्व र यसको बिषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण समेत गर्नुभएका आलले नियमित माक्स किन प्रयोग गर्नुपर्छ भन्ने बिषयमा वस्तीका वासिन्दालाइ जानकारी गराउनु भएको थियो ।

बस्तीमा रहेका करिब ४१ घरपरिवारलाइ एक घर १० पिस बराबरले माक्स वितरण गरिएको हो । कार्यक्रममा नेपाल बसोवास वस्ति संरषण समाज चितवनका उपाध्यक्ष फुलमान तामाङ, नवोदय सुकुक्वासी वस्ति टोल संस्थाका अध्यक्ष मंगल बहादुर तामाङ , रेडियो चितवनका बजार प्रमुख तिलक थापा मगर, मिष्टर लुम्विनी युकेशमान ज्ञवाली, दिल कुमार तामाङ, सोम लामा , आशा तितुङ, बिष्णु लामा , स्यानि खनाल लगायतकाले बोल्नु भएको थियो ।

विगत लामो समयदेखि सामाजिक सेवामा रहेको हेड्सले यस किसिमको कार्यक्रम आयोजना गदै आइरहेको संस्थाकी अध्यक्ष शोभा लामाले बताउनु भयो । संस्थाले आगामी दिनमा पनि यस किसिमको कार्यक्रम आयोजना गर्ने भन्दै यो अभियानमा सहयोग गर्ने संस्थालाइ उहाले धन्यवाद व्यक्त गर्नुभयो ।

आफ्नो वस्तिमानै आएर माक्स जस्तो अति आवश्यक चिज उपलव्ध गराएकोमा टालका वासिन्दाले धन्यवाद ज्ञापन गरेका थिए । अब नियमित काम तथा वाहिर जाने समयमा माक्सको नियमित प्रयोग गर्ने बताए ।

Facebook Comments Box