चितवन । चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन)का रुपमा आउनु भएका अणनाथ बराललाई आज चितवनको सौराहामा रहेको पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समितिले एक कार्यक्रमका विच स्वागत गरेको छ ।

सौराहाको होटल रोयल पार्कमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । समितिका तर्फवाट सचिव राममणि खनालले समितिले गर्ने काम र त्यस्को प्रभावकारीताको विषयमा जानकारी गराउनु भएको थियो । पछिल्लो पटक राष्ट्रिय निकुञ्ज भित्रको खालि ठाँउमा विभिन्न संघसंस्थाको सहयोगमा समितिले घाँसेमैदान व्यवस्थापन गर्दै आएको छ ।

Facebook Comments Box