आशिष उप्रेती
चितवन ।नेपालमा लायन्स क्लब स्थापना भएको ५० बर्ष अर्थात स्वर्ण जयन्तीको अबसरमा लायन्स क्लब अफ रत्ननगर शान्ती चोक र लियो क्लब अफ रत्ननगर शान्ती चोकको संयुक्त आयोजनामा पुर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय स्वर्गीय राजकुमार चेपाङको परिवारलाई आज एक कार्यक्रमको बिच खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।

स्वर्गिय राजकुमारको धर्मपत्नि रितु चेपाङलाई सो खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । घोँगी र माछा मार्न गएका राजकुमार चेपाङको चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थमा खटिएका सेनाको कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनामा दुखमा रहेका पिडित चेपाङ परिवारलाई खानको लागि केही भए पनि राहात होस् भनेर खाद्यान्न सहयोग गरिएको लियो क्लब अफ रत्ननगर शान्ती चोकका प्रथम उपाध्यक्ष रोशन तिमल्सिनाले बताए ।

उक्त घटनामा सेनाको लापरबाहिले गर्दा एउटा नेपाली चेपाङ समुदायको परिवारको मृत्यु हुदा खान लाउन समस्या परेकोले आफुहरुको क्लब टुलुटुलु हेरेर बस्न नसकेकोले खानको लागि केही भए पनि राहात होस् भन्ने उद्धेश्यले आज खाद्यान्न सहयोग गरेको उनले बताए ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा राप्ती नगरपालिका २ का वडा सदस्य ज्ञान प्रसाद पान्डे, नेपाल चेपाङ संघका पुर्ब अध्यक्ष बलराम चेपाङ, लायन्स क्लब अफ रत्ननगरका पुर्ब अध्यक्ष बालकृष्ण भट्टराई, गोकुल पराजुली, पुजन लामिछाने लगाएत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ रत्ननगर शान्ती चोकका अध्यक्ष राजु सिबाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box