२५ साउन, चितवन । चितवनका युवाहरुले थालेको “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” को नारा सहित संचालन भएको ६० दिने अभियान अन्तर्गत आज ४५ औँ दिन पुरा भएको छ ।

  आज ४५ औँ दिन चितवनको कालिका नगरपालिका १ स्थित श्री अधारभुत बिद्यालयमा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।

आजको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष , बिद्यालयका प्रधानाध्यापक , शिक्षक र शिक्षिका , स्थानिय समाजसेबी लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको संयोजक भण्डारीको जानकारी दिनुभएको छ । आजै अभियानतका अभियान्ताहरुल प्रहरी चौकी पदमपुरलाइ विभिन्न प्रजातिका बिरुवाहरु समेत हस्तान्तरण गरेको भण्डारीले वताए ।

Facebook Comments Box