काठमाडौं । महोत्तरीबाट बागलुङ गएका १३ जना मजदूरमा कोरोना भाइरस संक्रमण देखिएको छ । धौलागिरि अस्पताल भवन निर्माणका लागि महोत्तरीबाट बागलुङ पुगेका १३ जना मजदूरमा कोरोना देखिएको हो ।

६ दिनअघि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण नदेखिएको भएपनि ६ दिनपछि गरिएको परीक्षणमा उनीहरू संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

Facebook Comments Box