२२ साउन, चितवन । चितवनका युवाहरुले थालेको “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” को नारा सहित संचालन भएको ६० दिने अभियानको आज विहिवार ४२ औं दिन पुरा भएको छ ।

चितवनमा रहेर विभिन्न सामाजिक संघसंस्थामा आवध रहेका यूवा सामाजिक अभियान्ताहरुको सहभागितामा सुरु भएको यो अभियान चितवनका विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो पटक विश्वभर देखा परेको कोरोना भाइरस कोभिडले नेपालमा पनि ठुलो क्षेति व्यहोर्नु परेको छ । पछिल्लो पटक नेपालमा कोरोना संक्रमण दर वढ्दै गएको भन्दै अभियान्ताहरुले आज पुर्व पश्चिम राजमार्गको रत्नननगर २ टाँडी वजारमा कोरोना भाईरस संक्रमण रोग्नको लागि सहयोग पुग्ने विश्वासको साथ सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आज अभियान्ताहरुले राजमार्गमा सञ्चालन भएको सवारी साधनहरुमा सचेतना स्वरुप स्टिकर र मास्क बितरण गरिएको कार्यक्रमका संयोजक ध्वज भण्डारीले वताए ।


आजको उक्त कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप प्रमुख विमला देवी दुवाडी प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएको थियो । त्यस्तै कार्यक्रममा सुरक्षा निकायवाट पनि सहभागिता रहेको थियो । सुरक्षा निकायको तर्फवाट राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षक गोविन्द कडेल , ट्राफिक प्रहरीका सहायक निरीक्षक सुरेन्द्र विस्ट , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत अभियान्ताहरुको सहभागिता रहेको संयोजक भण्डारीले वताए ।

 

Facebook Comments Box